नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

आजपनि प्रदेश १, २ , बागमती र गण्डकीमा भिषण वर्षातको सम्भावना

फाईल तस्वीर

ओखलढुङ्गान्युज । भदौ १८, काठमाण्डौं । शुक्रबार पनि देशका केहि प्रदेशहरुमा भिषण वर्षातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  र  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन सहित भीषण वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको सामान्य प्रभाव र मनसुनी न्यून चापीय रेखाका कारण देशभर सामान्य देखी पूर्ण बदली भैरहेको छ ।

दिउँसो पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।