नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

अमेरिकाको भिषण आधिमा परि सोलुखुम्बुका तिन जनाको मृत्यु

ओखलढुङ्गान्युज । भदौ १८, काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा आएको भिषण वर्षात र आँधिका कारण सोलुखुम्बु जिल्ला घर भएका तिन जना नेपालीको मृत्यु भएको छ । केहिदिन अगाडी न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण एकै परिवारका तीन जना नेपालीको निधन भएको छ।

उक्त भिषण आँधीमा परी ज्यान गुमाउनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका आङगेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र  छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

केहिदिन अगाडी अमेरिकाको ६ वटा राज्यमा आएको वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ । त्यस्तै उक्त टोर्नाडो र वर्षातका कारण  न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाका विभिन्न राज्यहरुमा आएको भिषण मुसलधारे पानी र  आइडा आँधीका कारण न्यू जर्सीमा भने आपतकालीन स्थिति घोषणा गरिएको छ । न्यू योर्कमा सन् १९२७ यता यस्तो भीषण वर्षा पहिलो पटक भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सेप्टेम्बर १ मा दुवै राज्यको इतिहासमा अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ । न्यू योर्कमा पनि प्रशासनले मुसलधारे वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ।