नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मोटरसाइकलले ठक्कर दिँदा मानेभञ्ज्याङमा एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज । भदौ १७, ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा बुधबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ ओखरबोटकी ५० वर्षिया कर्नमाया मगर रहेकी छन् ।

बुधबार बेलुका करिब ५ बजेतिर खरबारीबाट घाँस लिएर फर्कने क्रममा मगरलाई बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलले सडकमा ठक्कर दिएको थियो । घाँसको भारी लिएर श्रीमान-श्रीमती सँगै फर्किएका बेलामा उनीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा उपचारको क्रममा बुधबार बेलुकी सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक लंक श्रेष्ठले बताए ।

मगरलाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल घटनास्थलबाट केहि टाढा मकैबारीमा लडिरहेको अवस्थामा फेला परेको थियो । मोटरसाइकल भेटिएपछि अनुसन्धानका क्रममा त्यसका चालक सोहि स्थानमा बर्ष २१ का रेवत बहादुर पुलामी मगर पक्राउ परेका छन् । महिलालाई ठक्कर दिएर भागेका पुलामी मगर लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

पक्राउ परेका पुलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिई बुधबार नै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा ल्याएको छ । आज अदालतमा म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।