नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा निको भए एकैदिन ८२ संक्रमित, २ जना थपिए

ओखलढुङ्गान्युज । भदौ १५, ओखलढुङ्गा । ओखलढुङ्गामा मंगलबार एकैदिन ८२ जना कोरोना भाईरसका संक्रमितहरु निको भएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमण पश्चात निको हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ ।

त्यस्तै ओखलढुङ्गामा मंगलबार पछिल्लो २४ घण्टामा २ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेहरुमा दुवैजना सिद्धिचरण नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । मंगलबार २ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ हजार १ सय ७ पुगेको छ ।

मंगलबार ८२ जना निको भएसँगै अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमितहरुको संख्या १ सय ७ रहेको छ । सक्रिय संक्रमित मध्ये ४ जना संस्थागत आईशोलेसन र १ सय ३ जना होम आईशोलेसनमा रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।