नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश १ का सामाजिक विकास मन्त्री साम्सोहाङद्धारा कोभिड अस्पतालको अनुगमन

ओखलढुङ्गान्युज भदौ १३, विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गरेका छन् । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आईतवार अनुगमन गरेका हुन् ।

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए । मन्त्री साम्सोहाङले कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउन र कुनै गुनासो नआउने गरि गर्न निर्देशन दिएका थिए ।

अस्पतालका कोभिड संयोजक शाहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराएका थिए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड अस्पतालमा आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गरेका हुन् ।