नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा माओवादी केन्द्रको संगठन पूनर्गठन तिब्र

ओखलढुङ्गान्युज । भदौ १३, ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ओखलढुङ्गामा आफ्नो संगठन विस्तारमा लागेको छ । माओवादी केन्द्र ओखलढुङ्गाले संगठन विस्तारको कामलाई लिखु गाउँपालिकावाट सुरुवात गरेको छ ।

माओवादी केन्द्रले पहिलो चरणमा ओखलढुङ्गाको लिुखवाट संगठन विस्तारको काम थालनी गरेको छ । लिखु १ मा अनिल कार्की अध्यक्ष, कैलास कार्की सचिब रहेको १३ सदस्यीय वडा कमिटी तथा डुलहरी पाण्डे संयोजक रहेको ९ सदस्यिय वाईसीएल वडा कमिटि पुनर्गठन गरेको छ । त्यस्तै वडा नं. २ मा निरण बोगटीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि र विमल कालिकोटे खड्काको संयोजकत्वमा १३ सदस्यिय वाईसीएल वडा कमिटिको निर्माण गरेको छ ।

नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाका ईञ्चार्ज एकिन्द्रराज कटवाल सुदिप तथा सेक्रेटरी नविन पौडल, जिल्ला कमिटि सदस्य कृष्ण बहादुर खड्का सिद्धान्त, शिवराम खड्काको विशेष उपस्थितीमा वडा नं. १ र २ मा संगठन विस्तार गरिएको हो । संगठन विस्तारको कार्यक्रम १३ गते वडा नं. ३, १४ गते ४ र ५, १६ गते ६ र ७ मा गरिने पार्टीका पालिका ईञ्चार्ज सुदिपले जानकारी दिए । पालिकामा पार्टी संगठन विस्तार र प्रशिक्षणको कामलाई निरन्तरता दिने ईञ्चार्ज सुदिपले बताए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भएको पार्टी एकिकरण सँगै ओखलढुङ्गामा कम्युनिष्टहरुको संगठन विस्तार, भेला प्रशिक्षण सुस्ताएको थियो । दुई तिहाई नजिक रहेको नेकपाको प्रधानमन्त्री केपी शर्मावलीले संसद विघटन गरेसंगै उत्पन्न भएको दरारका कारण पार्टी एकिकरणको मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो । सर्बोच्च अदालतले दुवै पार्टी बिच भएको एकिकरणलाई अमान्य भएको फैसला गरेको थियो ।

सर्बोच्चको फैसलासँगै नेकपा फुटेर फेरी माओवादी केन्द्र र एमाले बनेको छ । पार्टी पुन माओवादी केन्द्र बनेसँगै केही दिन अगाडी वसेको माओवादी केन्द्रको बैठकले पार्टी संगठन पुनः निर्माण र विस्तार गर्ने निर्णय गरेको थियो । पार्टी केन्द्रको निर्देशनसँगै ओखलढुङ्गामा माओवादी केन्द्रले पार्टी संगठन विस्तार तथा पूनर्गठनको काम सुरु गरेको हो ।