नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

सिन्धुलीमा पहिरोलो तिन घर पुरीयो, मध्य पहाडी राजमार्ग अबरुद्ध

ओखलढुङ्गान्युज । भदौ ११, काठमाण्डौं । लगातार वर्षातका कारण पहिरो खस्दा सिन्धुलीमा तिन घर पुरीएका छन् । वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङका ३ घर पुरिएका हुन् । पहिरोका कारण दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेका छन्।

लगातार वर्षात पछि शुक्रबार बिहानीपख पहिरो आएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् । सुतिरहेको बेला पहिरो आएजस्तो लागेपछि उठेर भाग्दा ज्यान चाहि जोगिएको पिडितहरुले बताएका छन् । पहिरोका कारण सिन्धुलीका एक दर्जन बढि स्थानमा रहेको घरहरु उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

लगातारको वर्षापछि पहिरो आउँदा सिन्धुलीका अधिकांश सडक अवरुद्ध भएका छन् ।  पहिरोले मदन भण्डारी राजमार्ग र मध्य–पहाडी राजमार्ग अवरुद्ध भएका छन् । शुक्रबार बिहानैदेखि पहिरो पन्छाएकाले बिपी राजमार्ग भने बिहान ११ बजेपछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेले बताए।

मदन भण्डारी र मध्य–पहाडी राजमार्ग पनि पहिरो पन्छाएर खोल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । पहिरोका कारण जिल्लाका विभिन्न गाउँपालिका र सदरमुकाम जोड्ने ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।