नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शुक्रबार ओखलढुङ्गामा थपिए १४ संक्रमित

ओखलढुङ्गान्युज । भदौ ११, ओखलढुङ्गा । शुक्रबार ओखलढुङ्गामा १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार पछिल्लो २४ घण्टामा ४६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा सिद्धिचरण नगरपालिकाका ७ जना र मोलुङ गाउँपालिकाका ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । थपिनेहरुमा ७ पुरुष र ७ महिला रहेका छन् ।

सुचना अधिकारी पन्तका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार थपिएसगै जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ९८ पुगेको छ । संक्रमित भएका मध्ये १ हजार ९ सय ३ जना कोरोना मुक्त भैसकेका छन् । 

हाल जिल्लामा १ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १ सय ७० जना होम आइशोलेसनमा र ६ जना संस्थागत आइशोलेसनमा रहेको पनि जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।