नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

ओखलढुङ्गान्युज भदौ १०, विराटनगर प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४ जनामा कोरोना संक्रमण देखिएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १ सय ५०, मोरङमा १ सय ३८, सुनसरीमा १ सय ५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, ते¥हथुम र उदयपुरमा ३–३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा विहिबार ५ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ६३ महिला र २ सय ६५ पुरुष रहेका छन् । त्यस्तै प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ओखलढुङ्गा जिल्लामा पनि कोरोना भाईरसका ६ जना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका २ जना र सुनकोशी गाँउपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । विहिबार नै ओखलढुङ्गावाट १३ जना संक्रमित संक्रमणवाट मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेहरु सबै सिद्धिचरण नगरपालिकाका रहेका छन् ।