नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

बुधबार ओखलढुङ्गामा १३ ले जिते कोरोना, २ जना थपिए सङ्क्रमित

ओखलढुङ्गान्युज । भदौ ९, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा १४ जना कोरोना भाइरसका संक्रमितले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । बुधबार १३ जनाले कोरोनालाइ जितेसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको संख्या १ हजार ८ सय ९८ पुगेको छ ।

त्यस्तै ओखलढुङ्गामा बुधबार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा२ जना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १ जना पुरुष र सुनकोशी गाउँपालिकाका १ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

बुधबार २ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ७४ पुगेको छ । अब जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ६१ रहेको छ । सक्रिय संक्रमित मध्ये ८ जना संस्थागत र १ सय ५३ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।