नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मंगलबार ओखलढुङ्गामा थपिए १५ सङ्क्रमित, २९ जना निको

ओखलढुङ्गान्युज । भदौ ८, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ७२ पुगेको छ ।

मंगलबार ओखलढुङ्गामा ६८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिनेहरुमा २ जना सिद्धिचरण नगरपालिकाका र १३ जना मोलुङ गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकृत पुष्पराज पन्तले जानकारी दिए ।

मंगलबार १५ थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सय ७२ रहेको छ । सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आइसोलेसन तथा १ सय ६२ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

मंगलबार नै ओखलढुङ्गामा २९ जनाले भने कोरोना भाइरस संक्रमणलाई जित्न सफल भएका छन् । शनिबार कोरोना भाइरस संक्रमण मुक्त हुनेहरु १९ जना सिद्धिचरण नगरपालिकाका र १० जना सुनकोशी गाउँपालिकाका रहेका छन् ।