नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शनिबार ओखलढुङ्गामा थपिए ७ सङ्क्रमित, १४ जना निको

ओखलढुङ्गान्युज । भदौ ५, ओखलढुङ्गा । शनिबार ओखलढुङ्गामा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ४८ पुगेको छ ।

शनिबार ओखलढुङ्गामा ४० जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार थपिनेहरुमा ३ जना सिद्धिचरण नगरपालिकाका र ४ जना सुनकोशी गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकृत पुष्पराज पन्तले जानकारी दिए ।

शनिबार ७ थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पुन २ सय २१ पुगेको छ । संक्रमित मध्ये ८ जना संस्थागत आइसोलेसन तथा २ सय १३ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

बुधबार नै ओखलढुङ्गामा १४ जनाले भने कोरोना भाइरस संक्रमणलाई जित्न सफल भएका छन् । शनिबार कोरोना भाइरस संक्रमण मुक्त हुनेहरु सबै सिद्धिचरण नगरपालिकाका रहेका छन् ।