नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शुक्रबार ओखलढुङ्गामा थपिए ७ संक्रमित

ओखलढुङ्गान्युज । भदौ ४, ओखलढुङ्गा । शुक्रबार ओखलढुङ्गामा ७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको सुनकोशी गाउँपालिकामा ३९ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

कोरोना संक्रमण पुष्टि भएका मध्ये १ जना पुरुष र ६ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यलय रुम्जाटार ओखलढुङ्गाका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । पन्तका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आईसोलेसनमा रहेका छन् ।गाउँपालिकाको बिभिन्न स्थानमा रहेका संकास्पद तथा स्वास्थ्यमा समस्या देखिएका ब्यक्तीहरुको एन्टिजेन परिक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको सुचना अधिकारी पन्तको भनाई छ ।  

शुक्रबार थपिएसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ४४ पुगेको छ । जसमध्ये १ हजार ९७ जना पुरुषको संख्या रहेको छ भने ९ सय ४१ जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको कुल संख्या भने १ हजार ७ सय ९८ पुगेको छ ।

हाल जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय २८ पुगेको छ । जसमा १३ जना संस्थागत आईसोलेसनमा र २ सय १५ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।