नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

भुमी समाधान आयोग बिघटनको विरोधमा सरकारलाई हस्ताक्षर हस्तान्तरण

ओखलढुङ्गान्युज । भदौ ४, ओखलढुङ्गा । एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ जिल्ला समिती ओखलढुङ्गाले सरकारलाई १ हजार बढी नागरिकको हस्ताक्षर संकलन गरेर बुझाएको छ । भुमी सम्बन्धी समस्या समाधान आयोग बिघटनको विरोधमा सहायक प्रमुख जिल्ला अधिकारी मार्फत विहिवार सरकारलाई हस्ताक्षर बुझाएको हो ।

भुमी सम्बन्धी समस्या समाधान आयोग बिघटनको गर्ने नेपाल सरकारको निणर्यप्रति आफुहरुको गम्भिर ध्यानाकषर्ण भएको भन्दै समितीले १ हजार बढीको हस्ताक्षण बुझाउदै उक्त निणर्य तत्काल फिर्ता लिन माग गरेका छन् । बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार मण्डलमार्फत अखिल नेपाल किसान महासंघ जिल्ला समिती ओखलढुङ्गाका अध्यक्ष कुल प्रसाद दाहालले नागरिकको हस्ताक्षर सरकारको नाममा बुझाएका हुन्न् । 

तत्कालीन नेकपा एमालेको सरकारले गठन गरेको भुमी सम्बन्धी समस्या समाधान आयोग बर्तमान नेपाली कांग्रेसको सरकारले बिघटन गर्ने निणर्य गरेको थियो । तर उक्त निणर्यको बिरोध गर्दै समितीले यसअघि पनि सरकारको ध्यानाकषर्ण गराईसकेका छन् । उनीहरुले लाखौ लाख भुमिहिन तथा सुकुम्वासी नागरिकको जमिनमाथीको अधिकारमाथी कुठाराघात गरेको भन्दै सरकारको ध्यनाकषर्ण गराएका हुन् । 

सरकारले भुमिहिन नागरिकको अधिकार खोस्नेगरी अयोग बिघटन गर्ने निणर्य गरेकाले उक्त निणर्य तत्काल फिर्ता लिन माग गर्दै सम्बन्धीत समुदायको हस्ताक्षर संकलन गरेर सरकारलाई पठाईएको नेकपा एमाले ओखलढुङ्गाका कार्यलय सचिव अशेष श्रेष्ठले बताए ।