नेपाली समय Loading...२०८१ जेष्ठ ४ शुक्रबार

भदौ ७ र १४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

ओखलढुङ्गान्युज । भदौ ४, काठमाण्डौँ । नेपाल सरकारले गाइजात्रा र श्रीकृष्ण जन्माष्टमी पर्वका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषदको बैठकले भदौ ७ र भदौ १४ गते पर्ने उक्त पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको बैठकले यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको हो । त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पनि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।