नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

हाईटीको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

ओखलढुङ्गान्युज । भदौ ३, काडमाण्डौं । गत शनिवार हाईटीमा गएको भूकम्पमा परि ज्यान गुमाउनको संख्या २ हजार नाघेको छ । गत शनिवार हाईटीमा ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

शक्तिशाली भूकम्पका कारण त्याहा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र जोगिएकाहरू पनि ठूलो संकटमा रहेको हाईटीका प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । दुर्गम पहाडी क्षेत्रमा राहतको कार्यक्रम लैजान नसक्दा स्थानीयमा ठूलो निराशा देखिएको भन्दै प्रधानमन्त्री हेनरीले राहतको कार्यक्रम तीव्र पारिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्षदर्शीलाई उदृत गर्दै भूकम्प गएको लामो समयपछि एउटा हेलिकोप्टरले राहत सामग्री बोकेर आएको र भोकै रहेका हजारौं स्थानीयवासीले हेलिकोप्टर घेरा हालेको बताएका छन् । बुधबार राति सम्म त्यहाँ भूकम्पबाट २ हजार १ सय ८९ जनाको मृत्यु भएको जनाईएको छ ।