नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बुधबार ओखलढुङ्गामा थपिए १६ सङ्क्रमित, १५ जना निको

ओखलढुङ्गान्युज । भदौ २, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार २४ पुगेको छ ।

बुधबार ओखलढुङ्गामा ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार थपिनेहरुमा १२ जना सिद्धिचरण नगरपालिकाका र ४ जना लिखु गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । 

बुधबार थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पुन २ सय १५ पुगेको छ । संक्रमित मध्ये १२ जना संस्थागत आइसोलेसन तथा २ सय ३ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । बुधबार नै ओखलढुङ्गामा १५ जनाले भने कोरोना भाइरस संक्रमणलाई जित्न सफल भएका छन् ।