नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या २ हजार नाघ्यो

ओखलढुङ्गान्युज । भदौ १, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार नाघेको छ ।

मंगलबार ओखलढुङ्गामा ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिनेहरु सबैजना सिद्धिचरण नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । 

मंगलबार थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पुन २ सय १४ पुगेको छ । संक्रमित मध्ये १२ जना संस्थागत आइसोलेसन तथा २ सय २ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।