नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

शोमबार ओखलढुङ्गामा थपिए २८ सङ्क्रमित

ओखलढुङ्गान्युज । साउन ३२, ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शोमबार ओखलढुङ्गामा ९९ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका २४ र खिजिदेम्बा गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । शोमबार २८ जना नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १ हजार ९ सय ९९ पुगेको छ ।

हाल जिल्लामा कोरोनाका २ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १२ जना संस्थागत र १ सय ९३ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।