नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

पहिरोवाट जोखिम मोलुङका दुई परिवारलाई स्थानान्तरण

ओखलढुङ्गान्युज साउन ३२, ओखलढुङ्गा पहिरोको जोखिममा परेको मोलुङका दुईजनाको परिवारलाई प्रहरीको सहयोगमा स्थानान्तरण गरिएको छ । शनिवार साँझदेखी आएको अविरल वर्षाताका कारण घरमाथिवाट पहिरो खसेपछि जोखिममा परेका मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चा केउरीनीका दुईघर परिवारलाई अर्कै स्थानमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएका परिवाहरुमा पेशल पोख्रेल र चिनामाया भट्टराईको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी प्रमुख काफ्लेका अनुसार लगातार वर्षातका कारण आईतवार विहानै उनीहरुको घरको माथिपटिवाट पहिरो खसेको थियो । पहिरोका कारण परिवार जोखिममा परेको खबर प्राप्त हुुनासाथ प्रहरीको टोली परिचालन गरि स्थानीय नागरिक र जनप्रतिनिधीहरुको सहयोगमा पेशल पोख्रेलको भूकम्प अनुदानवाट निर्मित घरमा स्थानान्तरण गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

प्रहरी प्रमुख काफ्लेका अनुसार चिनामाया भट्टराईको घरमुनीवाट पहिरो गएको छ । त्यस्तै पेशल पोख्रेलको भने घरभन्दा माथिपटिवाट पहिरो खसी घर पुर्न लागेको छ । वर्षातको समय अझै बाकी रहेकोले पुन पानी परेमा ती दुवै घरहरु पहिरोले बगाउने अवस्थामा रहेका छन् । पहिरोका कारण दुवै परिवारको करीब ८ लाख बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।