नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा एकको मृत्यु, ३ जना नयाँ संक्रमित थपिए

ओखलढुङ्गान्युज । साउन ३१, ओखलढुङ्गा । आइतबार ओखलढुङ्गामा एकजना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ५ का ८५ वर्षिय बृद्ध रहेका छन् ।

गत साउन २८ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई ओखलढुङ्गा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई डिस्चार्ज गरेर लगेका थिए । गाउँ लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

त्यस्तै ओखलढुङ्गामा आइतबार तिनजना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका २ जना र मोलुङ गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ हजार ९ सय ७१ पुगेको छ ।