नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कोरोना अपडेट : ओखलढुङ्गामा थपिए ५१ संक्रमित

ओखलढुङ्गान्युज साउन २९, ओखलढुङ्गा ओखलढुङ्गामा विहिबार र शुक्रबार दुईदिनमा ५१ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका अनुसार ओखलढुङ्गामा विहिबार ३७ जना र शुक्रबार १४ जना नयाँ संक्रमित थपिएका हुन् ।

विहिबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका ६ जना, सुनकोसी गाउँपालिकाका २१ जना र मोलुङ गाउँपालिकाका १ जना रहेका छन् । त्यस्तै शुक्रबार थपिनेहरुमा लिखु गाउँपालिकाका ८ जना र सिद्धिचरण नगरपालिकाका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।

त्यसैगरि यो दुईदिनको अबधीमा ओखलढुङ्गामा ३३ जनाले कोरोना भाईरसलाई जित्न सफल भएका छन् । यो सँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १ हजा ९ सय ६६ पुगेको छ । कूल संक्रमित मध्ये शुक्रबार सम्म ओखलढुङ्गाबाट १ हजार ७ सय ४४ जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

अब ओखलढुङ्गामा २ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ११ जना संस्थागत आईशोलेसन र १ सय ९७ जना होम आईशोलेसनमा रहेको पनि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।