नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

बुधबार ओखलढुङ्गामा ७ संक्रमित थपिए, एकको मृत्यु

ओखलढुङ्गान्युज साउन २७, ओखलढुङ्गा ओखलढुङ्गामा बुधबार ७ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि हुनेहरुमा सबै सिद्धिचरण नगरपालिकाका रहेका छन् ।

बुधबार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ । बुधबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १ हजार ९ सय १५ पुगेको छ । कुल संक्रमित मध्ये १ हजार ७ सय ७ जनाले भने कोरोना भाईरस संक्रमणलाई जित्न सफल भएका छन् ।

ओखलढुङ्गामा हाल रहेका सक्रिय संक्रमित मध्ये ११ जना संस्थागत आईशोलेसनमा र १ सय ७९ जना होम आईशोलेसनमा रहेको पनि जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैक्रममा ओखलढुङ्गामा बुधबार एकजना कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिकाकी एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार एकजना संक्रमितको मृत्यु भएसँगै ओखलढुङ्गामा कोरोना भाईरस सक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १४ पुगेको छ ।