नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

ओखलढुङ्गामा कुटपिटवाट घाईते एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज साउन २७, ओखलढुङ्गा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कुटपिटबाट घाईते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ५ देउराली छाँगेका ४२ वर्षिय पासाङ तेञ्जी शेर्पा रहेका छन् ।

कुटपिटका क्रममा अर्का एक पुरुष भने गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ५ देउराली छाँगे कै ६२ वर्षिय पुरुष आङगम्बु शेर्पा रहेका छन् । घाईते शेर्पाको अबस्था गम्भिर रहेकोले उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत बुधबार नै काठमाण्डौं पठाईएको छ ।

मंगलबार बेलुका दुवै शेर्पाले सिद्धिचरण नगरपालिका वडा नं. ५ विप्लाटेमा रहेको एक होटलमा मदिरा सेवन गरेको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मदिरा सेवन पश्चात मातेका दुवै शेर्पाबिच चर्को भनाभन भएको थियो । भनाभनको क्रममा एकले अर्कामाथि आक्रमण गर्दा दुवैजना घाईते भएका थिए ।

घाईते भएका दुवैजना शेर्पालाई स्थानीयहरुले राती नै उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याएका थिए । उपचारका क्रममा एक जनाको मृत्यु भएको र एकजनाको अबस्था गम्भिर रहेकोले अस्पतालको सल्लाह बमोजिम उनको उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको र अनुसन्धान पश्चात मात्रै दुईजनाले मात्र झगडा गरेको हो या अरुले कुटपिट गरेको हो भन्ने बारेमा खुल्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।