नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

कोरोना संक्रमणका कारण आईतबार ५५ को मृत्यु

ओखलढुङ्गान्युज । साउन २४, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नै नेपालमा २ हजार ५ सय ४८ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ३३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ३७ र ३ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आईतवार ५५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । आइृतवार नयाँ संत्रमित थपिएसँगै नेपालमा अब कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ रहेको छ ।

सक्रिय संक्रमित मध्ये ३१ हजार ९ सय ६३ जना होम आईशोलेसन, ३ हजार ५ सय २२ जना संस्थागत आईशोलेसन, ४ सय ७५ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै संक्रमित मध्ये ८ सय २ जना सघन उपचार कक्षमा तथा १ सय ८१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको पनि मन्त्रालयले जनाएको छ ।