नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गा रामपुर सडक खण्ड अबरुद्ध

ओखलढुङ्गान्युज साउन २४, ओखलढुङ्गा २३ गते राती आएको लगातार भिषण वर्षातका कारण ओखलढुङ्गा रामपुर सडक खण्ड अबरुद्ध बनेको छ । ओखलढुङ्गा रामपुर सडक खण्डको पहिरे खोला भन्ने ठाँउमा खोलाले बाटो अबरुद्ध बनाउदा जिल्लाको पश्चिमी भागबाट रामपुर, कुन्तादेवी हुदै ओखलढुङ्गा आउने यातायातका साधनहरु बाटैमा रोकिएका छन् ।

वर्षातका कारण पहिरे खोला र ढुस्के तर्फ जाने मोडमा पहिरो खसेको छ । मोटर साईकलमा यात्रा गर्नेहरुले भने मोटरसाईकलालाई बोकेर पहिरो पार गराएका छन् । सडक अबरुद्ध बनाउने पहिरो पञ्छाउन अहिले डोजरको प्रयोग गरिएको छ । बाटो अबरुद्ध हुँदा प्राप्चा तथा रामपुरवाट काठमाण्डौ तर्फजाने सवारी साधन तथा यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।