नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

शुक्रबार ओखलढुङ्गामा थपिए २७ सङ्क्रमित

ओखलढुङ्गान्युज । साउन २२, ओखलढुङ्गा । शुक्रबार ओखलढुङ्गामा २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार ओखलढुङ्गामा ८९ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १७ र सुनकोशी गाउँपालिकाका १० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिए । विहिवार १६ नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १ हजार ८ सय ५१ पुगेको छ ।