नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

विहिवार ओखलढुङ्गामा २०३ जनाले जिते कोरोना, १६ थपिए

ओखलढुङ्गान्युज । साउन २१, ओखलढुङ्गा । विहिवार ओखलढुङ्गामा १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । विहिवार ओखलढुङ्गामा ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

विहिवार थपिनेहरुमा मोलुङ गाउँपालिकाका २ जना र सिद्धिचरण नगरपालिकाका १४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिए । विहिवार १६ नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १ हजार ८ सय २४ पुगेको छ ।

त्यस्तै विहिबार ओखलढुङ्गामा २ सय ३ जना संक्रमितले कोरोना भाइरस संक्रमणलाई जित्न सफल भएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ६७ पुगेको छ । हाल जिल्लामा कोरोनाका १ सय ४५ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १२ जना संस्थागत र १ सय ३३ जना होम आइशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।