नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

गाडिको ठक्करबाट कुन्तादेवीका एक युवा गम्भीर घाइते

ओखलढुङ्गान्युज । साउन २१, ओखलढुङ्गा । विहिवार विहान ओखलढुङ्गामा बोलेरो गाडीले ठक्कर दिदा कुन्तादेवीका एक युवा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीका अन्दाजी वर्ष २४ का सुुनिल फुयाल रहेका छन् ।

कुन्तादेवीवाट मोटरसाइकलमा रामपुर तर्फ जादै गरेका फुयाललाइ रामपुर बाट ओखलढुङ्गातर्फ आउदै गरेको ना ५ प २८१६ नम्बरको बोलेरोले झगरपुर खोला नजिकै ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घाइते फुयाललाई अहिले उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ल्याइएको छ । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।