नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

तालकोट अस्थाई हेल्थ यूनिटलाई अक्सिजन सहित १० बेडको क्वारेन्टाईन सहयोग

ओखलढुङ्गान्युज साउन १५, पात्ले मोलुङ गाँउपालिका वडा नं. ७ तालकोटमा रहेको अस्थाई हेल्थ यूनिटलाई फ्रान्समा रहेका डा.पासाङ काजी लामाले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । डा. लामाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीलाई विहिबार एक कार्यक्रमका विच उनका प्रतिनिधी एवम् स्थानीय छेपाल शेर्पाले वडा अध्यक्ष हेम बहादुर सुनुवारलाई हस्तान्तरण गराएका हुन् ।

डा. लामाका प्रतिनिधी मार्फत अस्थायी हेल्थ यूनिट एवम् वर्थिङ सेन्टरलाई दुई थान अक्सिजन सिलण्डर, १ थान अक्सिजन कन्सनटेटर सहित वडामा कोभिड संक्रमणको अवस्थालाई मध्यनजर गर्दै क्वारेन्टिनका लागि १० बेड र त्यसमा प्रयोग हुने बेड सेट हस्तान्तरण गरेका छन् । त्यस्तै डा. लामाका प्रतिनिधी शेर्पा मार्फत हेल्थ यूनिटका लागि कोभिड परीक्षण गर्ने एन्टिजेन किट, मास्क, हेण्ड सेनिटाईजर, रुम सेनिटाईजर, ग्यास, स्टोभ, थर्मस लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको बेलामा पहाडी भेगको विकट क्षेत्रलाई सम्झेर फ्रान्स देखी स्वास्थ्य सामाग्री उपलब्ध गराईदिएकोमा डा. पासाङ काजी लामा र उनका प्रतिनिधी छेपाल शेर्पालाई वडा अध्यक्ष हेम बहादुर सुनुवारले धन्यवाद दिए । सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि पहाडी एवम् विकट भूगोलका नागरिकहरुलाई सम्झेर यस्तै खालको साथ र सहयोगको अपेक्षा रहेको समेत बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सुनुवार, वडा सदस्य वाङ्दा शेर्पा सहित स्वाथ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका एवम् स्थानीय बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा उपलब्ध गराईएको एन्टिजेन किट मार्फत एकजनाको कोभिड परीक्षण समेत गरिएको थियो । डा. लामा तथा उनका प्रतिनिधी शेर्पा ट्रेकिङ व्यबसायी पनि हुन् । उनले स्प्रिट माउण्टेन नामक ट्रेकिङ व्यबसाय समेत सञ्चालन गर्दै आएका छन् ।