नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

कर्मचारीलाई कोरोना देखीएपछि मालपोत कार्यालय बन्द

ओखलढुङ्गान्युज साउन १५, ओखलढुङ्गा जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाका एक कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँग कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै साउन २२ गते सम्मका लागि आफ्ना सबै कामकाज सहित कार्यालय बन्द हुने जनाएको छ ।

मालपोतमा लेखापढी काम गर्ने एक जनालाई कोरोना संक्रमण देखिएको करी एक हप्तापछि मालपोत कै एक शुब्बा स्तरका कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । सामुदायीक अस्पतालमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीमा समेत हुनसक्ने र अरु सेवाग्राहीमा समेत सर्न सक्ने भन्दै कार्यालय बन्द गरेको जनाईएको छ ।

यस अगाडी पनि मालपोत कार्यालयले जिल्लाका पालिकाका सेवाग्राहीहरुको कामलाई मध्यनजर गर्दै साप्ताहिक बार अनुसार पालो मिलाएर सेवा प्रदान गर्दै आएको थियो ।

कार्यालयले निकालेको सूचना :