नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश १ का अर्थ समितीका सभापति खड्का हस्पिटल भर्ना

ओखलढुङ्गान्युज साउन १५, ओखलढुङ्गा प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्कालाई अस्पताल भर्ना गरिएको छ । बुधबार देखी सामान्य अस्वस्थ भएका सभापति खड्कालाई विहिबार विहानै टिचिङ हस्पिटलको ईमर्जेन्सी वार्डमा भर्ना गरिएको हो ।

सभापति खड्कालाई पहिले देखी नै सुगर र प्रेसरको समस्या थियो । खाना खाएर सुतेका सांसद खड्कालाई एक्कासी बान्ता र झाडा पखालाको समस्या भएपछि हस्पिटल लगिएको थियो । फुड पोईजनका कारण समस्या स्वास्थ्यमा समस्या आएको हुनसक्ने आकलन भएपनि फुड पोईजन सँगै सुगर बढेको कारण समस्या भएको अस्पतालले जनाएको छ ।

ईमर्जेन्सीमा भर्ना गरिएका सभापति खड्काको अहिले स्वास्थ्यमा क्रमिक सुधार हुदै गरेको उहाँको परिवार श्रोतले जानकारी दिएको छ । सभापति एवम् सांसद खड्का नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका अध्यक्ष समेत हुन् ।