नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

विहिवार ओखलढुङ्गामा थपिए १८ संक्रमित

ओखलढुङ्गान्युज । साउन १४, ओखलढुङ्गा । विहिवार ओखलढुङ्गामा १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । विहिवार ओखलढुङ्गामा ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

विहिवार थपिनेहरुमा मोलुङ गाउँपालिकाका १३ जना, सुनकोशी गाउँपालिकाका ३ जना र सिद्धिचरण नगरपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिए । विहिवार १८ नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १ हजार ७ सय ३० पुगेको छ ।