नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भारतमा बाढी वितण्डता, सय बढीको मृत्यु

ओखलढुङ्गान्युज । साउन १०, काठमाण्डौं । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या सय नाघेको छ । पछिल्लो तथ्यांक अनुसार बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ भने ९९ जना हराईरहेको छन् । ।

बाढीका कारण घाईते भएका ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ लाख ३५ हजार भन्दा बढी मानिस घरबार विहीन भएका छन् । महाराष्ट्रको राहत तथा पुनस्र्थापना विभागले गएराति साढे ९ बजेसम्म १ लाख ३५ हजार मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको छ । सांगली जिल्लाका अधिकांश क्षेत्र पूर्ण रुपमा डुबानमा परेका छन् ।

डुबान भएको क्षेत्रमा हेलिकोप्टरसहित उद्धारकर्मीहरु परिचालन गरिएको छ । महाराष्ट्रमा हरेक वर्ष डुबान र बाढी पहिरोका घटना भए पनि यति ठूलो वर्षा वर्षौंपछि भएको अधिकारीहरुले जनाएका छन् ।