नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जापानमा ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद सुरु

ओखलढुङ्गान्युज साउन , काठमाण्डौं शुक्रबारवाट विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद जापानमा सुरु भएको छ । प्रतियोगिता जापानको राजधानी टोकियोमा विशेष कार्यक्रमका औपचारिक रुपमा सुरु भएको छ । 

प्रतियोगीता शुक्रबारवाट सुरुवात भएपनि केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भइसकेको छ ।  टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु अहिले जापानमा रहेका छन् । प्रतियोगितामा नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोलीले टोकियो पुगेको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् । सबै खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् । आगामी अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् । बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन् । गौरिकाले महिला १०० मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।