नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा थपिन थाले कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज । साउन ५, ओखलढुङ्गा । पछिल्लो समय ओखलढुङ्गामा कोरोना संक्रमित हुनेहरूको संख्या वृद्धि हुन थालेको छ । केहि समय संक्रमणको दर कम देखिएको ओखलढुङ्गामा मंगलबार पुन २० पुरुष र १७ महिला गरी ३७ जना थपिएसँगै जिल्लामा संक्रमित हुनेको संख्यामा बृद्धि हुन थालेको हो ।

मंगलबार ३७ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ८० पुगेको छ । मंगलबार मानेभञ्ज्याङ गाउँपालिकाका मात्रै ३५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै अन्य दुई जना भने सिद्धिचरण नगरपालिकाका रहेकाे जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार, ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । 

त्यस्तै मंगलवार ओखलढुङ्गामा ११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेहरुमा सिद्धिचरण नगरपालिकाका ८ जना र चिशंखुगढी गाउँपालिकाका ३ जना रहेका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणबाट निको हुनेहरूको संख्या पनि १ हजार २ सय ७० पुगेको छ ।