नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

निर्माणाधिन पुलमा गयो उपचार गराउन लगेको विरामीको ज्यान

तस्वीर ः सामाजिक सञ्जाल

ओखलढुङ्गान्युज साउन , ओखलढुङ्गा शोमबार ओखलढुङ्गा रुम्जाटार सडक खण्डको सिस्ने खोलाको निर्माणाधिन पुलमा नए एकजना विरामी महिलाको ज्यान गएको छ । विरामी भएर रुम्जाटार अस्पतालमा उपचार गराउदै आएकी सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालु चिप्लेचौरकी ५५ वर्षिया धन कुमारी श्रेष्ठको मृत्यु भएको हो ।

मृतक श्रेष्ठको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा लाने क्रममा निर्माणाधिन सिस्ने खोलाको पुलमा पुर्याईएको थियो । निर्माणाधिन अबस्थामा रहेको पुलका कारण सडक अबरुद्ध हुँदा रुम्जाटारवाट ओखलढुङ्गा आउदै गरेको विरामी बोकेको गाडी खोलामा नै रोकी सदरमुकामबाट एम्बुलेन्स झिकाईएको थियो । तर विरामी लिन सिस्ने पुलमा एम्बुलेन्स नपुग्दै विरामीको ज्यान गएको हो ।

पुननिर्माण प्राधिकरणको कार्यक्रम अन्तर्गतको परियोजनावाट पिच बनेको सडक केही समय अगाडी मात्रै ठेकेदार कम्पनीले कार्यालयलाई बुझाएको थियो । तर सोही सडक खण्डमा पर्ने खोलामा पुल भने संघिय सरकारको सहयोगमा निर्माणाधिन अबस्थामा रहेको छ । सडकको बैकल्पिक व्यबस्था नगरी पुलको निर्माण कार्य भैरहेकोले नागरिकहरुलाई समस्या भएकोले तत्काल बैकल्पिक व्यबस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिन अनुरोध गर्दै शोमबार मात्रै जिल्ला पैरवी सञ्जालले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको थियो ।