नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा निषेधाज्ञा साउन १४ सम्म थपियो

ओखलढुङ्गान्युज । साउन ५, ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लामा कोभिड संक्रमण महामारीको त्रास जारी रहेको भन्दै निषेधाज्ञालाई १० दिन थप गरेको छ । सय अगाडी थप गरिएको निषेधाज्ञाको समय समय साउन ४ गते राती १२ बजे सकिएको थियो ।

जिल्लामा निषेधाज्ञाको समयमा नागरिकका दिनचर्या क्रमशः सामान्य बनेर सञ्चालन हुन लागेपनि भाडाका सवारी साधनहरु सञ्चालन र लामो दुरीको यातायात सञ्चालन रोकलाई यथावत राखेको छ । विद्यालय सञ्चालनको बारेमा अझै पनि अन्योलता नै छ । प्रशासन कार्यालयले निषेधाज्ञाई जारी राखेपनि जिल्लामा विभिन्न औपचारीक भेला, गोष्ठिहरु हुनेक्रम भने सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शोमबार जारी गरेको सूचना अनुसार यसभन्दा अगाडीको निर्णयलाई नै यथावत राख्दै जिल्ला भर लागू हुने गरी निषेधाज्ञाको समय साउन १४ गते राती १२ बजे सम्म थप गरेको हो । प्रशासनको सूचनामा भनिएको छ, “नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय, कोभिड १९ व्यबस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी ओखलढुङ्गा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अबधि मिति २०७८ साउन १४ गते राती १२ बजेसम्मका लागि थप गरिएको छ । ”