नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

घाँस काट्न जादा ढुङ्गाले लागेर एक युवक गम्भिर घाईते  

ओखलढुङ्गान्युज साउन , ओखलढुङ्गा आईतवार विहान घाँस काट्न जादा ढुङ्गाले लागेर एक युवा गम्भिर घाईते भएका छन् । गम्भिर घाईते हुनेमा मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीका वर्ष २८ का पुन्नरी ढकाल रहेका छन् ।

आईतबार विहानै कोलेबेसी भन्ने ठाँउको भिरमा घाँस काट्न जादा माथिवाट लडेर आएको ढुङ्गोले ढकाललाई लागेको स्थानीयवासीले बताएका छन् । ढकालको टाउकोमा गम्भिर चोट लागेको छ । गम्भिर घाईते भएका ढकाललाई स्थानीयहरुले उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याएका थिए ।

सामुदायीक अस्पताल सोब्रुमा उपचारको लागि ल्याईएपनि टाउकोको समस्या देखिएको भन्दै अस्पतालले काठमाण्डौं लैजान सिफारिस गरेको थियो । अस्पतालकोे सिफारिस पछ ढकाललाई थप उपचारका लागि आइृतवार नै हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको स्थानीय यामुलाल ढकालले जानकारी दिए ।