नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आईतबार प्रदेश १ मा थपिए २५२ संक्रमित, ३०८ ले जिते कोरोना

ओखलढुङ्गान्युज साउन , विराटनगर प्रदेश १ मा आईतबार पछिल्लो २४ घण्टामा २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । ९ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ महिला र १ सय ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आईतबार थपिनेहरुमा झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १ सय ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै आईतबार प्रदेश नं. १ मा ३ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ६९ महिला र १ सय ३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १ सय ६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।