नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विहिबार ओखलढुङ्गामा २८ जनाले जिते कोरोना, १६ थपिए

ओखलढुङ्गान्युज । असार ३१, ओखलढुङ्गा । विहिबार ओखलढुङ्गामा २८ जनाले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएका छन् । जिल्लाका दुई अस्पताल तथा होम आइसोलेसनमा रहेका २८ जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

विहिबार कोरोना संक्रमणबाट निको हुनेमा सिद्धिचरण नगरपालिकाका ६ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १७ जना, चिशंखुगढी गाउँपालिकाका ३ जना, मोलुङ गाउँपालिकाका १ र सोलुखुम्बु जिल्लाका एक जना रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ हजार २ सय ५० पुगेको छ ।

त्यस्तै विहिबार ओखलढुङ्गामा १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ५ जना र खिजिदेम्बा गाउँपालिकाका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । 

तिवारीका अनुसार ६९ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना थपिएका हुन् । योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय १९ पुगेको छ ।