नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

प्रदेश १ मा थपिए ४३९ संक्रमित, ३४२ जना निको

ओखलढुङ्गान्युज असार ३०, ओखलढुङ्गा   प्रदेश नं. १ मा बुधबार ४ सय ३९ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेहरुमा झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ५९० रहेको छ । बुधबार नै ३४२ जना कोरोना भाईरस संक्रमित संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा बुधबार पछिल्लो २४ घण्टामा १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।