नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोपा अमेरिका कपको उपाधी अर्जेन्टिनालाई

ओखलढुङ्गान्युज । असार २७, काठमाण्डौं । आईतबार सम्पन्न कोपा अमेरिका कप फुटवलको उपाधी अर्जेन्टिनाले जितेको छ । आफ्नै घरेलु मैदानमा प्रतियोगिताका आयोजक ब्राजिललाई १–० गोलले हराउदै अर्जेन्टिनाले उपाधी जितेको हो ।

प्रतियोगिताको २२ औ मिनेटमा अर्जेन्टिनाका डी मारियाले गरेको गोल नै प्रतियोगिताको निर्णायक गोल बन्यो । लगभग खेलको पुरै समय जस्तो बललाई आफ्नो कब्जामा राखेको ब्राजिलले आफुले पाएको अबसरलाई सदुपयोग गर्न नसक्दा खेलमा हार हुनवाट जोगिन सकेन ।

अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो । यो जितपछि अर्जेन्टिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।