नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

खुकुलो बनाउदै ओखलढुङ्गामा थपियो १ हप्ता निषेधाज्ञा, के के मा खुकुलो ?

ओखलढुङ्गान्युज असार २१, ओखलढुङ्गा केही खुकुलो बनाउदै ओखलढुङ्गामा एक हप्ता अर्थात असार २८ सम्म निषेधाज्ञाको समयाबधी थप गएिको छ । शोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार २८ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

मंगलबारवाट लागू हुने निषेधाज्ञालाई भने केही खुकुलो बनाईएको छ । यस अगाडी बन्द रहेका सबै सरकारी कार्यालयहरु मंगलबारदेखी सञ्चालनमा आउनेछन् । यसअगाडी विहान १० बजे देखी ४ बजेसम्म मात्र सञ्चालन हुदै आएका खाद्यान्न, तरकारी, फलफुल, मासु, दुधजन्य पद्धार्थ विक्री गर्ने पसल अब प्रत्येक दिन विहान १० बजेदेखी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ । त्यस्तै हार्डवयर, लत्ताकपडा, भाँडाकुँडा, मोबाईल, फेन्सी पसलहरुपनि विहान १० बजेदेखी वेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ ।

मंगलबारबाट जिल्ला भित्र सञ्चालन हुने सबै प्रकारका निजी सवारी साधनहरुको आवागमनमा समेत खुला गरिएको छ । तर भाडाका र लामोदुरीका जिल्ला भित्रीने र बाहिरीने सवारी साधनमा भने यस अगाडीको निर्णयलाई नै निरन्तरता दिईएको छ । नागरिकहरुको धेरै भिड हुने जिल्लाका विभन्नि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा भौतिक दुरीलाई कायम गर्दै स्वास्थ्य मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने कुरालाई जोड दिईएको छ ।