नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा शोमबार थपिए ५० संक्रमित

ओखलढुङ्गान्युज असार २१, ओखलढुङ्गा ओखलढुङ्गामा शोमबार थप ५० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । शोमबार थपिनेहरुमा २४ पुरुष र २६ महिला गरि ५० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार थपिनेहरुमा सुनकोशी गाउँपालिकाका मात्रै ४८ जना रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकाका १ जना र चिशंखुगढी गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिनुभयो ।

शोमबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरसवाट संक्रमित हुनेहरुको संख्या पनि १ हजार ३ सय ९६ पुगेको छ । शोमबारको तथ्यांक अनुसार ओखलढुङ्गामा अब सक्रिय संक्रमितको संख्या २ सय रहेको छ । सक्रिय संक्रमित मध्ये ६ जना संस्थागत आइशोलेसन र १९६ जना होम आईशोलेसनमा रहेका छन् ।

त्यस्तै शोमबारसम्म ओखलढुङ्गामा ९ जनाको मृत्यु १ हजार १ सय ८८ जना कोरोना भाईरस संक्रमितहरु निको भएका छन् ।