नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

ओखलढुङ्गान्युज । असार २१, काठमाण्डौं । शोमबार अपरान्ह दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्माओलीले उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरुगर्नेछट ।

जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार शोमबार प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । न्यौपानेका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले शोमबार विहानमात्रै विद्युतगृहमा रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ। प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुवाती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याज लगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।