नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नगरपालिकाका तीनजना कर्मचारी पुरस्कृत

ओखलढुङ्गान्युज असार २०, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाले शनिवार नगरपालिकाका तीनजना कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकामा रहि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगरपालिकाले उनीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरेको हो ।

उत्कृष्ट कार्य सम्पादन गरे वापत पुरस्कृत हुनेहरुमा सिद्धिचरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन लामा, महिला तथा वालबालिका शाखा अधिकृत सरिता तामाङ रहेका छन् । उनीहरुलाई जनही नगद रु ५ हजारका साथै दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको लक्ष्य अनुसार १२ ओटा वार्डहरु मध्ये सबैभन्दा धेरै राजश्व संकलन गर्ने वडा नं. १२ ओखलढुङ्गाका वडा सचिव चुडामणी अधिकारी पनि पुरस्कृत भएका छन् । अधिकारीलाई नगद १० हजार सहित पुरस्कृत गरिएको हो ।

सिद्धिचरण नगरपालिकाको आठौं नगरसभाको समापनको अवसर पारेर कर्मचारीहरुलाई पुरस्कृत तथा पत्रकारहरुलाई सम्मानित गरिएको हो । असार १० देखी सुरुवात भएको सिद्धिचरण नगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नगरपालिका उपप्रमुख ईच्छा कुमारी गुरुङले प्रस्तुत गरेको बजेटलाई केही परिमार्जन गर्दै शनिवार नै नगरसभाले पास गरेको छ ।