नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज असार १९, ओखलढुङ्गा कोरोना भाईरस संक्रमित ओखलढुङ्गाका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. २ का ५९ वर्षिय पुरुष रहेका छन् ।

विहिबार बेलुका नै ति पुरुषको मृत्यु भएको हो । विहिबार राति नै संक्रमित पुरुषको मृत्यु भएपनि शनिवार मात्र जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । ति पुरुषको सामुदायीक अस्पताल सोब्रुमा उपचारका क्रममा मृत्यु भएको हो ।