नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

अभय र रेश्माको, लोकलय र आधुनिक फ्युजन मा¥यो मा¥यो…

ओखलढुङ्गान्युज असार १५, काठमाण्डौं पूर्वेली लोकगीतका चर्चित गायक अभय ढुंगेलको नया“ गीत ‘मा¥यो मा¥यो…’ सार्वजनिक भएको छ । लोकलय र आधुनिक गीतको फ्युजन रहेको गीतमा रेश्मा सुनुवारले साथ दिएकी छन् ।

यी दुवै गायक र गायिका ओखलढुंगाका हुन् । अभयकै संगीत र शब्द रहेको गीतमा ओखलढुंगालाई समेत उल्लेख गरेका छन् । गीतको अन्तिम अन्तरा ‘ओखलढुंगा डाँडैमा हुलाकी हिँड्ने मुलबाटो, जे परे नि पर्ला कसिहालुँ लगनगाँठो..’  रहेको छ ।

आर्टिस्ट नेपालको युट्यूबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन शंकर बिसिले गरेका छन् । गीतमा शंकर बिसि र कविता न्यौपाने लगायतलाई देख्न सकिन्छ । अभय ढुंगेलले घर हाम्रो पूर्वैतिर हो, सुपारी जाइको माला जस्ता दर्जनौ चर्चित लोकगीत गाएका छन् ।

मै ठूली भईछु रे, कोही भन्छ माया ख्यालख्याल हो.. जस्ता गीतको गायिका रेश्मा सुनुवारको स्वर यस गीतमा रहेको छ ।

कुम्भराज राईवाट