नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शनिवारबाट युरोकपको नकआउट चरणका खेल सुरु हुदै

ओखलढुङ्गान्युज असार १२, काठमाण्डौं जारी रहेको युरोकप फुटबलको नकआउट चरणको खेलहरु श्निवार देखी सुरुवात हुदैछन् । नकआउट चरणका खेलमा १६ टिमले सहभागीता जनाउनेछन् ।

नकआउट चरणको पहिलो खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिवार राति पौने १० बजे वेल्स र डेनमार्कले खेल्दैछन् । समूह – ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह – बी को दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

त्यसैगरि युरोकपको नकआउट चरणको दोश्रो खेल राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।